अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२६ | Colorodo: 15:41

नेपालमा आजदेखि अन्तर्राष्ट्रिय उडानमा ‘मन्ट्रियल’ महासन्धि लागू हुने

बिआरटीनेपाल २०७५ मंसिर २८ गते २०:०३ मा प्रकाशित

नेपालमा पनि आज शनिबारदेखि अन्तर्राष्ट्रिय हवाई उड्डयन यात्रीका लागि निश्चित एकीकरण गर्ने ‘मन्ट्रियल’ महासन्धि लागू हुने भएको छ ।

नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय हवाईयात्रीहरुको सुरक्षाका लागि यो महासन्धि लागू गर्न लागिएको जनाएको हो । यसअघि, ‘वार्सा’ महासन्धि लागू हुँदै आएको थियो ।

‘नेपालको हवाई क्षेत्र अझ सुरक्षित हुने’

मन्ट्रियल महासन्धि लागू भएपछि नेपालको हवाई क्षेत्र अझ सुरक्षित हुने प्राधिकरणका महानिर्देशक सन्जीब गौतमले बताए । महासन्धिमा विमान चढ्दा, ओर्लंदा र सवार रहँदा यात्रीको मृत्यु भएमा वा चोटपटक लागेमा पाउने क्षतिपूर्तिको मात्रा बढाइएको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आइकाओ)को मन्ट्रियल महासन्धि १९९९ मा न्यूनतम् अनिवार्य बिमा दायित्वको रकम सीमा तोकिएको छ ।

जसअनुसार दुर्घटनाबाट यात्रीको मृत्यु, चोटपटक लागेमा एक लाख १३ हजार १०० एसडीआर अर्थात् एक लाख ५८ हजार ३४० अमेरिकी डलर पाउनेछ ।

यसअघि, वार्सा र हेग अभिसन्धिअनुसार २० हजार अमेरिकी डलरमात्र दायित्व रहेको थियो ।

महासन्धिले उडान ढिलाइ भएमा क्षतिपूर्ति, व्यागेजको नोक्सानी तथा कार्गो नोक्सानीको क्षतिपूर्ति पनि तोकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू