अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४२ | Colorodo: 16:57

अख्तियारले पूर्ववनमन्त्री विक्रम पाण्डेसहित २१ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायरा

बिआरटीनेपाल २०७५ मंसिर २१ गते १२:१० मा प्रकाशित

काठमाडौँ,अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्ववनमन्त्री विक्रम पाण्डेसहित २१ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायरा गरेको छ । सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम भएको ठहर गर्दै अख्तियारले कालिका कन्स्ट्रक्सनका मालिक समेत रहेका पूर्वमन्त्री पाण्डे विरुद्ध मुद्दा दायरा गरेको हो ।

मुद्दामा आयोजनाका तत्कालीन प्रमुखहरू सरोजचन्द्र पण्डित, दिलीपबहादुर कार्की र रमेश बस्नेत, सीडीई मीनराज ढकाल, सूर्यदेव थापा, यागेन्द्र मिश्र, श्यामबहादुर कार्की, सुशील चन्द्र देवकोटा, कृष्णप्रसाद सुवेदी, प्रेमराज घिमिरे, वीरसिंह धामी र प्रकाशबहादुर कार्कीलाई पनि विपक्षी बनाइएको छ । सिँचाइ विभागका सुपरिसेन्डिङ इन्जिनियर कमलप्रसाद रेग्मी, सीडीई रविनाथबाबु श्रेष्ठ र अशिषचन्द्र खनाल विरुद्ध पनि भ्रष्टाचारको मुद्दा दायरा भएको छ ।यो आयोजनाको ठेक्का कालिका कन्स्ट्रक्सन र सीटीसीई जेभीले पाएको थियो । गुणस्तरहीन काम गरेको भन्दै अख्तियारले कालिकाका प्रमुख विक्रम पाण्डे र सीटीसीईका प्रतिनिधि युवराज क्षेत्री विरुद्ध पनि भ्रष्टाचारको मुद्दा दायरा गरेको छ । उनीहरूमाथि भ्रष्टाचार निवारण ऐनको दफा ८ को उपदफा ४ र ऐनको दफा २३ बमोजिमको कसुरमा दफा ८ को उपदफा ४ बमोजिम सजाय माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू