अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३२ | Colorodo: 03:47

गिनिज बुकमा नाम लेखाउन टुँडिखेलमा प्लाष्टिकको थुप्रो

बिआरटीनेपाल २०७५ मंसिर १९ गते ८:४२ मा प्रकाशित

गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन फालिएका प्लाष्टिक संकलनबाट राजधानीको टुँडिखेलमा समुद्र (मृत सागर) को नक्सा बनाइएको छ । विभिन्न स्थानबाट संकलन गरिएका करीब १ लाख फालिएका प्लाष्टिबाट सो नक्सा तयार गरिएको आयोजकले जनाएको छ । यसअघि ६८ हजार हाराहारीमा प्लाष्टिकबाट यस्तो नक्सा बनाएर गिनिज बुकमा रेकर्ड रहेकोमा अहिले १ लाख फालिको प्लाष्टिकको सहयोगमा सो नक्सा तयार गरिएको बताइएको छ । अब यसबारे गिनिजबुक अफ रेकर्डको कार्यालयले छानबिन गरेर आधिकारिकताको विषयमा निर्णय गर्नेछ ।

मृत सागरमा बढ्दो प्रदूषण नियन्त्रणका लागि दवाव दिने उद्देश्यले यो अभियान चलाइएको आयोजकले जनाएको छ । स्टीम फाउन्डेसन नेपाल, वातावरण विधान तथा प्रविधि मन्त्रालय र विश्व वन्यजन्तु कोषको संयुक्त आयोजनामा यो कार्यक्रम गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू