अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०४ | Colorodo: 09:19

राजदूत शेर्पाबारे छानविन गर्न काँग्रेसको माग

बिआरटीनेपाल २०७५ मंसिर १९ गते ८:१८ मा प्रकाशित

प्रमुख प्रतिपक्ष काँग्रेसले अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाका सम्बन्धमा केहि समय यता ‘मानव तस्करीमा संलग्न’ भनी उठेका प्रश्नको सरकारसँग जवाफ मागेको छ । उक्त विषयलाई काँग्रेसले गम्भीर रुपमा लिएको र निजकै सहयोगीले विषय सार्वजनिक गरेको साता दिन भइसक्दा समेत नेपाल सरकारले गम्भीर चासो प्रकट गरी अनुसन्धान नथाल्नु र मौनता राख्नुलाई झनै गम्भीर र दुःखद रुपमा लिएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभएको छ ।

प्रवक्ता शर्माले वुधवार एक बिज्ञप्ति सार्वजनिक गर्दै कुनै पनि देशमा प्रतिनिधित्व गर्ने राजदूत व्यक्तिगत जागिर नभई सिंगो राष्ट्र र राष्ट्रकै छविको प्रतिनिधित्व गर्ने गरिमामय जिम्मेवारी रहेको उल्लेख गर्नुभएको छ । राजदूतका बारेमा उठेको प्रश्न उपर तत्कालै सत्य तथ्य निरुपण गर्ने कर्तव्य नेपाल सरकारको रहेको बिज्ञप्तिमा उल्लेख छ ।

काँग्रेसले सो विषयबारे तत्कालै आवश्यक छानविन गर्न, छानविनका लागि तत्काल परराष्ट्र मन्त्रालयमा उपस्थित गराउन र दोषी ठहरिए बर्खास्त गर्ने कदम चाल्न समेत सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू