अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१८ | Colorodo: 22:33

चलचित्र ‘समर लभ’को पहिलो गीत ‘साया’ सार्वजनिक(भिडियो सहित)

बिआरटीनेपाल २०७५ मंसिर १८ गते १०:४६ मा प्रकाशित

काठमाडौँ : चलचित्र ‘सभर लभ’मा समावेश पहिलो गीत सार्वजनिक गरिएको छ । चलचित्रमा समावेश ‘साया’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार आशिष् पिया र रेवती क्षेत्रीलाई फिचरिङ गरिएको छ । सुविन भट्टराईको चर्चित उपन्यास ‘सभर लभ’मा आधारित रहेर यो चलचित्र तयार पारिएको हो ।

सार्वजनिक रोमान्टिक गीतमा आशिष् र रेवतीको रोमान्टिक अवतार देख्न सकिन्छ । कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रको यो गीतमा पुष्पन प्रधान र बानिका प्रधानको स्वर, पुष्पनकै शब्द तथा सङ्गीत छ । यो चलचित्र प्रेमदिवसको अवसर पारेर माघ २५ गतेबाट रिलिज हुँदैछ ।

निर्देशक मुस्कान ढकालको निर्देशनमा तयार भएको चलचित्रमा सुरज सिंह ठकुरी, नम्रता सापकोटाको पनि मुख्य भूमिका छ । सुनिको कथालाई सामिप्यराज तिमिल्सिनाले पटकथामा ढालेका छन् भने संवादमा सामिप्य र सुविनले नै काम गरेका छन् । नाइटिङ्गेल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रमा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीको लगानी छ भने यसका कार्यकारी निर्माता विनोद अधिकारी हुन् ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू