अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२३ | Colorodo: 19:38

एशिया प्यासिफिक समिटमा सरकारले गरेको खर्च छानविन गर्नुपर्ने – मन्त्री ज्वाला

बिआरटीनेपाल २०७५ मंसिर १८ गते ८:२७ मा प्रकाशित

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले एशिया प्यासिफिक समिट विशुद्ध धार्मिक कार्यक्रम नभएको जिकिर गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपालले मंगलवार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उहाँले भाजपाका नेता विजय जोली र म्यान्मारकी लोकतन्त्रवादी नेतृ आङ साङ सुकी समेत कायृक्रममा सहभागी भएबाट समिट विशुद्ध धार्मिक कार्यक्रम नरहेको बताउनुभयो ।

तर, सरकारले समिटको निम्ति पैसा खर्च गरेको छ भने त्यसको छानबिन गर्नुपर्ने उहाँको भनाई थियो । कुनै संस्थाको कार्यक्रममा सरकारले खर्च गर्न नहुने र नपाउने उल्लेख गर्दै मन्त्री ज्वालाले खर्च गरेको छ भने त्यसको छानबिन गर्नुपर्ने बताउनुभएको हो ।

एक फरक प्रसंगमा उहाँले बलात्कारका घट्ना, बालक अपहरणपछि हत्या भएको घट्नाप्रति आफूहरु संवेदनशील रहेको बताउनुभयो । अपराधी पत्ता लगाउने, दोषीलाई कारबाही गर्ने कुरामा सरकारले छानबिन गर्न कुनै कमी गर्न नहुने ज्वालाको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू