अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०० | Colorodo: 00:15

मुलुकमा रेलको सपना सुनिश्चित – प्रचण्ड

बिआरटीनेपाल २०७५ मंसिर १८ गते ८:२४ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले ल्हासा, पोखरा हुँदै लुम्बिनी र काठमाडौं जोड्ने रेलको सपना सुनिश्चित भएको बताउनुभएको छ । चिनियाँ राष्ट्रपतिसँग भेटका अवसरमा आफुले राखेको रेलको सपना पुरा हुन गइरहेको उहाँको भनाई थियो । मंगलबार कपिलवस्तु महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले चिनियाँ राष्ट्रपतिसँग पहिलोपटक भेट हुँदा रेल निर्माणबारे कुरा राखेको स्मरण गर्दै अव त्यो सपना पूरा हुन गईरहेको बताउनुभयो ।

चीनदेखि नेपालको राजधानी तथा लुम्बिनी र पोखरा जोड्ने रेल निर्माणको आफ्नो सपना रहेको र त्यसवारे चिनिया राष्ट्रपतिसंग कुरा गरेको उल्लेख गर्दै प्रचण्डले अहिले उक्त काम अघि बढेको बताउनुभयो । रेलको संभाव्यता अध्ययन शुरु भएको र अवको केही वर्षभित्रै चीनको तिब्बत हुँदै पोखरा, लुम्बिनी, पर्सा र चितवन काठमाडौं जोड्ने रेल सेवा सुरु हुने उहाँको दावी थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू