अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५८ | Colorodo: 19:13

बिरोधको सामना गर्न सरकार तयार छ – प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७५ मंसिर १७ गते ८:५१ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा रहेको भूमी सम्बन्धी समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताउनु भएको छ । मोरङ जिल्लाका जनप्रतिनिधीहरुसँग आज सिंहदरबारमा छलफल गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो ।
प्रधानमन्त्री ओलीले जनताको सरकार भएकोले यसले जनता कै हितमा काम गर्ने पनि प्रष्ट पार्नुभयो । “यो जनताको सरकार हो, यसले जनताको हितमा काम गर्छ । त्यसका लागि जे जस्ता विरोध आए पनि सामना गर्न सरकार तयार छ,” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओली समक्ष मोरङको कानेपोखरी, लेटाङ, बेलबारी, पथरीका प्रमुख ,उपप्रमुखहरुले विशेष नापी खटाएर त्यस क्षेत्रको जग्गाको समस्या समाधान गर्न माग गरेका छन् । प्रधानमन्त्री ओलीले भूमि व्यवस्था,गरिबी निवारण तथा सहकारी मन्त्री पद्मा अर्याललाई तत्कालै उक्त क्षेत्रको समस्या समाधान गर्न निर्देशन दिनुभएको छ ।

सँगै रहनुभएकी मन्त्री अर्यालले त्यस क्षेत्रको जस्तै अन्य क्षेत्रमा पनि भएका जग्गा सम्बन्धि समस्या समाधान गर्न शक्तिशाली आयोग गठनको तयारी रहेको बताउनु भयो । मोरङका जनप्रतिनिधीहरुले विशेष नापी गरी धनी पूर्जा वितरण गर्न माग गरेका छन् । प्रधानमन्त्री ओलीलाई भेट्न जनप्रतिनिधीहरु साँसद घनश्याम खतिवडाको नेतृत्वमा आउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू