अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३७ | Colorodo: 19:52

पेट्रोलियम पदार्थको मूल्य घट्यो

बिआरटीनेपाल २०७५ मंसिर १७ गते ८:३५ मा प्रकाशित

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा पनि दुई रुपैयाँ घटाएको हो । नेपाल सरकार तथा निगम सञ्चालक समितिको २०७१ सालको निर्णय बमोजिन स्वतः सञ्चालित मूल्य संरचना अनुरुप सोमबार राति १२ बजेदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरिएको निगमले जनाएको छ ।

निगमका अनुसार ११४ रुपैयाँमा कारोबार भइरहेको पेट्रोलको मूल्य ११२ रुपैयाँ कायम हुनेछ भने १०१ मा कारोबार भइरहेको डिजेलरमट्टितेल ९९ रुपैयाँमा कारोबार हुनेछ ।

भारतीय आयल निगम (आइओसी)ले पठाएको नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलमा दूई, डिजेलमा दुई र मट्टितेलमा दुई रुपैयाँ घटाएको निगमले जनाएको छ । यस्तै हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखेको छ । काठमाडौं उपत्यका बाहेक निगमको डिपो रहेका स्थानहरुबाट १५ किलोमिटर भित्रमा नयाँ मूल्य लागू हुने निगमले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू