अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०७ | Colorodo: 20:22

बोकाको कारण डिलिट गरेर फेरी अपलोड गरियो मेलिनाको राईको ओइ ओइ केटी (भिडियो सहित)

बिआरटीनेपाल २०७५ मंसिर १६ गते ९:०३ मा प्रकाशित

यूटुबमा २ लाख २७ हजार भन्दा बढी भ्यू गई सकेको गीत ओइ ओइ केटीको भिडियोमा सुरुवाती संवादमा बोका शब्द प्रयोग गरिएको थियो । जसमा धेरै श्रोता, दर्शकले आपत्ति जनाउनु भएकोले भिडियो निर्माण युनिटले दर्शकहरूको भावनाको कदर गर्दै सो भिडियोलाई डिलिट गरी र सो संवाद सच्याइ पुन भिडियो अपलोड गरेको छ ।

उक्त गीतमा शब्द, सङ्गीत, अरेन्ज अनि भिडियो सम्पादन स्वयम् राज कुमारले गरेका छन् । गीतमा अभिनय अलिशा राई र पुष्प खड्काको रहेको छ । कृतिपुरको विभिन्न ठाउँमा छायाङ्कन गरिएको गीतको भिडियोलाई ज्ञानेन्द्र शर्माले छायाङ्कन गरेका हुन् भने निर्देशन राजीव समरले गरेका हुन् ।

 

प्रतिक्रिया