अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२२ | Colorodo: 19:37

बलिउड अभिनेत्री प्रियंका चोपडाको विवाह क्रिष्चियन परम्परा अनुसार सम्पन्न, भोली हिन्दु परम्परा अनुसार पुनः विवाह हुने

बिआरटीनेपाल २०७५ मंसिर १६ गते ४:३० मा प्रकाशित

बलिउड अभिनेत्री प्रियंका चोपडा को क्रिष्चियन परम्परा अनुुसार विवाह सम्पन्न भएको छ । भारतीय संचारमाध्यमहरुले जनाए अनुसार एक भव्य समारोहका वीच भारतको जोधपुरमा प्रियंका र निक जोनसवीच विवाह भएको हो । उनीहरुवीच भोली पुनः हिन्दु परम्परा अनुसार विवाह गरिने छ । ईसाई परम्परा अनुसार गरिएको विवाहमा प्रियंका र जोनसले स्विटजरल्याण्डको एक विश्वप्रसिद्ध ज्वेलर्सको डिजाईनमा वनेको औंठी साटासाट गरी बाईवलको कसम खाएका थिए ।

हिन्दु परम्परा अनुसार गरिने विवाहमा प्रियंका आउटफिट डिजाईनर सन्दिप खोसलाले तयार पारेको विशेष पहिरनमा सजिने छिन् । विवाह पश्चात् दिल्ली र मुम्बईमा पार्टीको आयोजना गरिएको छ । पार्टीमा आफन्तजन, शुभेच्छुक र वलिउडका कलाकारहरुको समेत उपस्थिति रहने बताईएको छ ।

प्रतिक्रिया