अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०१ | Colorodo: 20:16

पोखरा विमानस्थल निर्माणको कामलाई तीव्रता दिन पर्यटनमन्त्री अधिकारीको निर्देशन

बिआरटीनेपाल २०७५ मंसिर १० गते ८:५९ मा प्रकाशित

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले निर्माणाधिन पोखरा विमानस्थल निर्माणको काममा तिब्रता दिन निर्देशन दिनुभएको छ । अन्तर्राष्ट्रिय विमानस्थलको सोमबार अवलोकन गर्नुभएका मन्त्री अधिकारीले विमानस्थल निर्माणमा कुनै प्रकारको ढिला सुस्ती नगर्न निर्देशन दिनुभएको हो ।

उहाँले सहयोगको आवश्यकता भएमा जानकारी गराउन पनि सम्वन्धित निकायलाई आग्रह गर्नुभयो । विमानस्थलको काम अहिले २० प्रतिशत सम्पन्न भएको छ । सो अवसरमा आयोजना प्रमुख विनेश मुनाकर्मीले सिमेन्ट अभावले गर्दा काममा तिब्रता दिन नसकेको गुनासो मन्त्री अधिकारीलाई सुनाउनुभएको थियो ।

सन् २०२१ जुलाई १० मा निर्माण पूरा गर्ने लक्ष्य लिइएको यो विमानस्थल २१ अर्ब ६० करोड लागतमा बन्न लागेको हो । जसको निर्माण जिम्मा चाइना सीएएमसी इन्जिनियरिङले पाएको छ । यो विमानस्थल निमार्ण भएपछि पोखराबाट बोइङ ७५७ र एयरबस ३२० जहाज अवतरण र उडान गर्न सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू