अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२४
| Colorodo: 03:39
सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश केदारप्रसाद गिरीको निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा शुक्रबार दिउँसो उहाँको निधन भएको हो । गिरीलाई उच्च रक्तचाप बढेपछि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । गिरी लामो समयदेखि उच्चरक्तचाप सहितका रोगबाट पीडित हुनुहुन्थ्यो ।
गिरीको स्वास्थ्ययमा समस्या देखिएपछि एक साता ग्रान्डी अस्पतालमा राखेर उपचार गरिएको थियो । ग्रान्डीमा उपचार सम्भव नभएपछि गिरीलाई नर्भिक अस्पताल लगिएको थियो । गिरी सर्वोच्चका १८ औं न्यायाधीशका रुपमा २०६४ देखि २०६६ सम्म कार्यरत रहनुभएको थियो ।