अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०७ | Colorodo: 19:22

बिकाश गर्न स्थानीय तहलाई अर्थमन्त्रीको निर्देशन

बिआरटीनेपाल २०७५ मंसिर ७ गते ८:२४ मा प्रकाशित

अर्थमन्त्री डा. यूवराज खतिवडाले स्थानीय तहका जनप्रतिनिधीहरुलाई दिमाग चलाएर विकास गर्न निर्देशन दिनुभएको छ । स्थानीय तहले दुईवटा हात चलाएर अर्थात् सहकारी र नीजि क्षेत्रलाई प्रयोग गरेर विकास गर्नु पर्नेमा उहाँले जोड दिनुभयो । मुख धेरै नचर्लाकन नीजि र सहकारी क्षेत्रलाई सही परिचालन गरी बिकाशमा लाग्नुपर्ने मन्त्री खतिवडाको भनाई छ ।

आज राजधानीमा आयोजित सहकारी क्षेत्रको प्रवद्धर्नमा प्रदेश तथा स्थानीय तहको भुमिका विषयक प्रादेशिक गोष्ठीको उद्घाटन गर्दै मन्त्री खतिवडाले स्थानीय तहले सहकारीलाई पूर्वाधार बनाइदिन र सहकारीका उत्पादनलाई बजारीकरणमा सहज बनाइदिने हो भने सहकारीमार्फत विकास गर्न सकिने पनि उल्लेख गर्नुभयो ।

सरकार सहकारी र नीजि क्षेत्रले सहकार्य गरेर अघि बढ्नुपर्ने पक्षमा रहेको बताउँदै उहाँले एक आपसमा प्रतिस्पर्धा नगरी सहकार्य गर्न उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै तीन नम्बर प्रदेशका सभासद पशुपति चौलागाइले एनजिओ र सहकारीलाई एउटै आँखाले हेर्न नहुने बताउनुभयो । तीन वटै तहका सरकारले आफ्नो आफ्नो सहकारी ऐनमार्फत काम गर्ने चौलागाइको भनाई छ । गोष्ठी मंसिर ७ र ८ गते २ दिनसम्म चल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू