अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२६ | Colorodo: 22:41

काँग्रेस महामन्त्री कोईरालाको हिन्दु राष्ट्रको पक्षमा वकालत

बिआरटीनेपाल २०७५ मंसिर ७ गते ८:२१ मा प्रकाशित

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले हिन्दु धर्मको पक्षमा वकालत गर्नुभएको छ । महामन्त्री कोइरालाले आफू हिन्दु धर्मको पक्षमा रहेको उल्लेख गर्दै मुलुकलाई धर्म निरपेक्ष राष्ट्र बनाउने कि नबनाउने भन्ने विषयमा निर्णय लिन जनमत संग्रह गर्न सरकारसँग माग समेत गर्नुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित ‘शिव लीला’ भजन संग्रह उद्घाटन कार्यक्रममा बोल्दै महामन्त्री कोईरालाले हिन्दु धर्मलाई सबैभन्दा उत्कृष्ट धर्मको रुपमा चित्रण गर्नुभयो । महामन्त्री कोइरालाले हिन्दु धर्मले सबैलाई स्वतन्त्र बनाउने उल्लेख गर्दै त्यस सम्बन्धमा जनताको राय लिन पनि जनमत संग्रहमा जानुको विकल्प नरहेको स्पष्ट पार्नुभएको छ ।

कोइरालाले हिन्दु धर्मले भगवान आफै भित्र खोज्न भनेको उल्लेख गर्दै धर्मलाई निरपेक्ष वा सापेक्षताको आँखाले हेर्न नहुने तर्क समेत गर्नुभयो । संवैधानिक व्यवस्था अनुसार मुलुक धर्म निरपेक्ष राष्ट्र हो । तर त्यस सम्बन्धमा जनताले आफ्नो निर्णय लिन जनमत संग्रहमा जान उपयुक्त हुने उहाको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू