अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०५ | Colorodo: 02:20

आमसञ्चार नीति बनाउनुपर्नेमा जोड

बिआरटीनेपाल २०७५ मंसिर ६ गते ९:०४ मा प्रकाशित

पत्रकारितामा आमसञ्चार नीति बन्नुपर्नेमा बिहिबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । नेपाल पत्रकार महासंघ कास्कीले बिहिबार पोखरामा आयोजना गरेको प्रेश स्वतन्त्रताको प्रत्याभूतिका लागि नीतिगत छलफल कार्यक्रममा बोल्ने वक्ताहरुले प्रेश स्वतन्त्रताको प्रत्याभूतिका लागि आमसञ्चार नीति बन्नुपर्नेमा जोड दिएका हुन् । उनीहरुले मिडियामा पक्षपातपूर्ण व्यवहार हुने भएकोले नीतिगत व्यवस्था गर्नुपर्ने, सञ्चारमाध्यमको वर्गीकरण हुनुपर्ने, विज्ञापनमा संघीयता नभएको लागयतका गुनासो राखेका थिए ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकार आमसञ्चार नीति बनाउने तयारीमा रहेको बताउँदै प्रदेश सरकारले छिट्टै आमसञ्चार नीति बनाउने र त्यसमा पत्रकारहरुको बढी भन्दा बढी सहभागीता रहनुपर्ने बताउनुभयो । उहाँले अब आउने बजेटमा सुचना आयोग बनाउने व्यवस्था गर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले तीन तहलाई बलियो बनाउन पत्रकार महासंघको महत्वपूर्ण भूमिका रहने भएकोले प्रेश स्वतन्त्रताको प्रत्याभूतिका लागि प्रदेश सरकारले भूमिका खेल्नुपर्ने बताउनुभयो । प्रदेशमा कानुन निर्माण गर्दा प्रेश स्वतन्त्रताको प्रत्याभूति हुने कानुन निर्माण गर्नपर्नेमा आचार्यको जोड थियो ।

कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवाली, पत्रकार महासंघका पूर्व अध्यक्ष तथा अग्रज पत्रकारहरु पुण्य पौडेल, नारायण कार्की, बद्रीविनोद प्रतिक, पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य दुर्गा भण्डारी, प्रेस सेन्टरका कार्यवहाक अध्यक्ष सन्देश श्रेष्ठ, स्वतन्त्र पत्रकार महासंघका अध्यक्ष कृष्ण थापा लगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू