अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२३ | Colorodo: 10:38

‘द्वन्द्वपीडित बडापत्र’ सार्वजनिक

बिआरटीनेपाल २०७५ मंसिर ५ गते ८:४५ मा प्रकाशित

द्वन्द्वपीडितका समस्या र सुझावहरु संकलन गरी तयार पारिएको ‘द्वन्द्वपीडित बडापत्र’ नामक पुस्तिका बुधबार सार्वजनिक गरिएको छ । द्वन्द्वपीडित साझा चौतारीले तयार पारेको पुस्तिका सार्वजनिक गर्न राजधानीमा आयोजित कार्यक्रममा सरोकारवालाहरुले विस्तृत् शान्ति–सम्झौता भएको १२ वर्ष पूरा भइसक्दा पनि पीडितले महसुस गर्नेगरी कुनै पनि उपलब्धि हासिल हुन नसकेको बताएका छन् ।

संक्रमणकालीन न्याय निरुपण गर्ने उद्देश्यले गठन गरिएको सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका नागरिकको छानबिन आयोगको पुनर्गठन गर्नुपर्ने माग बडापत्रमा उठाइएको छ । त्यस्तै, गम्भीर प्रकृतिका मानवअधिकार उल्लंघनमा क्षमादान आफूहरुलाई मान्य नहुने द्धन्दपीडितहरुले बताएका छन् ।

द्वन्द्वपीडितहरुलाई परिपूरणको व्यवस्था गर्नुपर्ने माग पनि बडापत्रमा उल्लेख छ । कार्यक्रममा बोल्दै राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले द्वन्द्वपीडितका लागि काम गरिरहेका सबै संघ–संस्थाहरुलाई आफ्ना अधिकार प्राप्तीका लागि संगठित भएर लाग्न सुझाव दिनुभयो । साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारीले राज्यले आयोगहरुको समयावधि सकिनुअगावै नै पीडितलाई निकास दिने बाटो खोज्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू