अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५६ | Colorodo: 16:11

गृहमन्त्री बादलकै अगाडि पूर्वलडाकुद्धारा विष सेवन

बिआरटीनेपाल २०७५ मंसिर ५ गते ८:४१ मा प्रकाशित

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को कार्यकक्षमै एक पूर्वलडाकुले विष सेवन गरी आत्महत्याको प्रयास गरेका छन् । पूर्वलडाकु कुलप्रसाद भट्टराईले सिंहदरबारस्थित कार्यकक्षमा गृहमन्त्री थापालाई भेट्न पुगेको बेला आत्महत्याको प्रयास गरेका हुन् ।

गृहमन्त्री बादलसँग कुराकानी गरिरहेका बेला भट्टराईले खल्तीबाट विष निकालेर सेवन गरेको गृह मन्त्रालय स्रोतले बताएको छ । सिंहदरबार प्रहरीका अनुसार भट्टराईले यसअघि पनि विष सेवन गरेको हुनसक्ने आशंका रहेको छ । भट्टराईको हाल वीर अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू