अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४९ | Colorodo: 07:04

रमेश र सहिमाको नक्कली सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७५ मंसिर ४ गते १३:०९ मा प्रकाशित

काठमाडौँ : चर्चित गायिका सहिमा श्रेष्ठ तथा गायक रमेश श्रेष्ठ मेलोडीको नयाँ गीत “नक्कली” को म्युजिक भिडियो सार्वजनिक भएको छ l दर्जनौँ चर्चित गीतहरू गाएर चर्चा कमाइ सकेका गायिका सहिमा र गायक रमेशको सुमधुर आवाजको डान्सिङ बिटमा रहेको “नक्कली” भर्खरै मात्र युट्युब मार्फत सार्वजनिक भएको हो l

चर्चित गीतकार अम्बिका गुरुङको शब्द तथा गायक रमेश श्रेष्ठ मेलोडिको सङ्गीत रहेको यस गीतको म्युजिक भिडियोलाई वासु न्यौपाने र अभिनाश महर्जनले छायाङ्कन गरेका छन् भने कोरियोग्राफी तथा निर्देशन राहुल बराइलीले गरेका छन् l म्युजिक भिडियोमा नवीन आरुसी र राहुलको दमदार नृत्य तथा अभिनय देख्न सकिन्छ l

प्रतिक्रिया