अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०८ | Colorodo: 09:23

फिल्म ’यात्रा अ म्युजिकल भ्लग’ को रिलिज मिति सार्वजनिक

बिआरटीनेपाल २०७५ मंसिर ४ गते ११:२२ मा प्रकाशित

सम्राट् शाक्यको डेब्यु निर्देशन रहेको फिल्म ’यात्रा अ म्युजिकल भ्लग’ को रिलिज मिति सार्वजनिक गरिएको छ । निर्माता केशव भट्टराईको जन्मोत्सवको अवसर पारेर फिल्मको फिल्म चैत्र २९ मा रिलिज हुने निर्माण पक्षले जनाएको छ । फिल्मको सार्वजनिक पोस्टरमा यसका अभिनेता सलिनमान बानियाँको क्यारेक्टरलाई प्रस्ट््याईएको छ । फिल्ममा उनी भ्ल्गिस्टको भूमिकामा छन् । फिल्ममा सलिनसँगै, सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जङ्ग कुँवर,  ईश्वर पौडेल,  नानीकाजी डंगोल, राजेश बिसुराल, ईश्वर पौडेल, विशाल पहाडी, प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतको अभिनय रहनेछ ।

यसै फिल्म मार्फत मल्लिका महतले डेब्यु गर्दै््छिन भने यसमा विदेशी कलाकारहरू चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । फिल्ममा बालकलाकारको रूपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अङ्कित संग्रौला र एन्जल राई रहेका छन् । फिल्मलाई जर्नी लभ स्टोरी भनिएको छ भने यसमा यात्राले ल्याउने परिस्थितिलाई देखाइनेछ । सम्राट् शाक्यको कथा तथा निर्देशन रहने फिल्मलाई केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रूपमा निर्माण गर्दैछन ।

दुई दशक अगाडी सहायक निर्देशक भई यसक्षेत्रमा भित्रिएका सम्राट्ले मुख्य सहायक निर्देशक भइकाम गरेको फिल्महरू के यो माया हो , मेरो लभ स्टोरी , कोही मेरो , नोभेम्बर रेन , होम वर्क,  छक्का पन्जा, ऐश्वर्य,  कृ लगायत चर्चामा थिए ।

कोटकी कालीका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतिकर्ता रहेको फिल्ममा विक्रम पराजुली , मुक्ति तिम्सिना र राम शरण घिमिरे सह ( निर्माता रहेका छन् । फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् ।

फिल्ममा कथा पनि सम्राट्कै रहेको छ भने यसलाई उनीसँगै सुरेश न्यौपाने , प्रतिकपौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् । फिल्मको मुख्य सहायक निर्देशक सुरेशनै रहेका छन् भने यसलाई सञ्जय लामाले खिच्नेछन् । फिल्ममा कविराज गहतराज र प्रवीण सिंहको कोरियोग्राफी , हिमाल केसीको द्वन्द्व , बनिश शाहको सम्पादन , आशिष् पौडेलको कस्ट््युम डिजाइन , जटा शङ्कर गोसाईको आर्ट डिजाइन , निमा लामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहनेछ । फिल्ममा वरिष्ठ सङ्गीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतीक पौडेल र कोविद बज्रको सङ्गीत रहनेछ ।

केशव भट्टराई ( फिल्म राम्रो बनाउने कोसिस गरेका छौ । फिल्मको लगानीलाई मध्यनजर गर्दै वितरकसँगको सल्लाहमा यो डेट फाइनल गरिएको छ । हामीले तयार गरेको फिल्मलाई वितरकसँगको छलफलपछि उहाहरुले दिएको सल्लाह अनुसार नै उचित समय लागेर चैत २९ मा ल्याउने घोषणा गरेका हौ । फिल्मले आँखालाई शीतलता मात्र दिनुका साथै यसको कथावस्तुले मनलाई पनि छुन्छ । जुन कथा लिएर हामीले काम सुरु गरेका थियौ , टिमले त्यसलाई न्याय गरेको छन् ।

सम्राट् शाक्य ( डेब्यु फिल्म भएकाले यो निकै खास छ मेरो लागि । फिल्मलाई राम्रो बनाउने कोसिसमा कुनै सम्झौता गरिएको छैन , हामी प्रयासरत छौ । फिल्मले दर्शकको समय र पैसाको सदुपयोग नै गराउँछ । यसमा कलाकारहरूले पनि राम्रो काम गरेका छन् । सलिन परिपक्व भएको छ भने नयाँ अनुहार मालीका आस लाग्दी छिन । फिल्मले युवा पुस्ताको मित्रता र मायाको कथा बोकेको छ ।

प्रतिक्रिया