अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०६ | Colorodo: 19:21

हेटौंडामा ट्रकले किच्दा २ जनाको मृत्यु

बिआरटीनेपाल २०७५ मंसिर २ गते ८:५८ मा प्रकाशित

पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत हेटौंडामा आइतबार भएको सवारी दुर्घटनामा २ जनाको ज्यान गएको छ । हेटौंडा उपमहानगरपालिका ९ पशुपतिनगरमा भएको दुर्घटनामा ट्रकले किच्दा २ जनाको मृत्यु भएको हो । विरगञ्जबाट हेटौंडा आउँदै गरेको ना ६ ख ७०१७ नम्बरको ट्रक पल्टिदा हेटौंडा बजार आउँदै गरेको मोटरसाइकल र अटोलाई थिचेको थियो । ना १ ह ८९५९ नम्बरको अटोको यात्रु र ना ४६ प ६२१ नम्बरको मोटरसाइकल चालकको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौंडा ४ का २० वर्षीय सुदीप घिमिरे र अटोमा सवार हेटौंडा ४ की ३५ वर्षीया गंगा चेमजोङ रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अटो चालक फरार छन् भने ट्रकका चालकलाई नियन्त्रणमा लिइएको छ ।
साँघुरो सडकको कारण ट्रक दुर्घटना हुँदा अटो र मोटरसाइकलमा सवारले ज्यान जोगाउन नसकेको प्रत्यक्षदर्शीले बताएका छन् । इलाका प्रहरी कार्यालय पशुपतीनगरका प्रहरी निरीक्षक अनोज रायमाझीले एउटै दिशातर्फ रहेका ट्रकले साईड दिने क्रममा अनियन्त्रित भइ ट्रक पल्टीदा दुर्घटना भएको बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू