अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०३ | Colorodo: 23:18

सरकारले जनमत अनुसार काम गर्नुपर्नेः नेकपा प्रमुख सचेतक देव गुरुङ

बिआरटीनेपाल २०७५ मंसिर २ गते ८:५६ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङले सरकारले जनमत अनुसार काम गर्नुपर्ने बताउनुभएको छ । रफत सञ्चार क्लबले आईतवार आयोजना गरेको कार्यक्रममा नेता गुरुङले जनताको जनमतअनुसार राज्यका सबै अङ्ग रुपान्तरण हुनुपर्ने पनि बताउनुभयो । सङ्घीयता कार्यान्वयन गर्ने विषयमा केही अन्यौल देखिएकाले काममा ढिलासुस्ती भएको उल्लेख गर्दै नेता गुरुङ्गले सङ्क्रमणकाल जारी रहेकाले व्यवस्थामा रुपान्तरण गर्दै जानुको विकल्प नरहेको बताउनुभयो ।

संविधानतः देशमा बहुदलीय प्रणाली रहेको भने तापनि देश दुई दलीय प्रणालीतर्फ जान लागेको उहाको भनाई थियो । दुई दलीय व्यवस्थामा जान लागेको अवस्थामा कम्युनिष्ट एक भएर जानुको विकल्प नरहेको नेता गुरुङ्गले बताउनुभयो । हाल सदनमा प्रतिपक्षको भूमिका नकारात्मकभन्दा पनि सकारात्मक रहेकाले काङ्ग्रेसले विभिन्न विधेयक पारित गर्दा देखाएको समर्थनले सो कुरा प्रष्ट्याएको र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको नेता गुरुङले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू