अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४६ | Colorodo: 13:01

नेविसंघको प्रदर्शनका कारण कांग्रेस केन्द्रीय समिति बैठक आईतबार सम्मको लागि स्थगित

बिआरटीनेपाल २०७५ मंसिर १ गते ८:१२ मा प्रकाशित

पार्टीको एक मुख्य भातृ संगठन नेपाल बिद्यार्थी संघको बिरोध र प्रदर्शनका कारण शनिबारका लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पुनः स्थगित भएको छ । शनिबार दिउँसो सबै नेता पार्टी मुख्यालय सानेपामा पुगे पनि नेवि संघको प्रदर्शनका कारण बैठक बस्न नसकेको र आईतवार सम्मका लागि वैठक स्थगित गर्नुपरेको नेताहरुले जनाएका छन् । नेताहरुवीचको आन्तरिक छलफल पछि आइतबारसम्मका लागि बैठकलाई सारिएको केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले जानकारी दिनुभएको छ ।

कांग्रेस केन्द्रीय समिति वैठक शृङ्खलावद्ध रुपमा स्थगित भइराखेको छ । गत असोज २१ गते बसेको बैठकमा सहमहामन्त्री डा प्रकाशशरण महतले नेविसंघमा ३२ वर्षे उमेरहद लागू गर्ने प्रस्ताव ल्याउनुभएको थियो ।उक्त प्रस्तावमा वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, अर्जुननरसिह केसी र प्रकाशमान सिंहले नोट अफ डिसेन्ट लेख्नुभएको थियो । त्यसपछि बोलाइएका सबै बैठक विभिन्न कारण देखाएर स्थगित हुँदै आएका छन् । असोज २५ मा बोलाइएको बैठक नेता बीचको तनावकै कारण बस्न सकेको थिएन ।

त्यसपछि, दसैं मनाउन सबै नेता गृह जिल्ला तिर लागेपछि फेरि कात्र्तिक २० गतेका लागि बैठक बोलाइएको थियो । उक्त दिनको वैठकमा सभापति शेरबहादुर देउवाले उपसभापतिमा विजय गच्छदारलाई मनोनित गर्ने प्रस्ताव गर्नुभयो । त्यसपछि वरिष्ठ नेता पौडेलसँँगै नेता केसी, सिंहले पार्टीको विधान अनुसार मनोनित गर्न माग गर्नुभएको थियो । त्यसपछि विवादै विवादका वीच केन्दि«य समितिको बैठक वस्न सकेको छैन ।

फेरि लामो समयपछि नेविसंघको विवाद समाधानका लागि बोलाइएको शनिबारको बैठक स्थगित भएको हो । शनिबार पार्टी मुख्यालयमा नेविसंघ कार्यकर्ताको विरोध प्रदर्शनले बैठक बस्न नसकेको हो । साँझ अबेरसम्म पनि नेविसंघको प्रदर्शन जारी रहेपछि कांग्रेसले सूचना सार्वजनिक गर्दै केन्द्रीय समिति बैठक आइतबार बस्ने जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू