अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४९ | Colorodo: 19:04

सरकारका काम–कारबाहीमाथि हस्तक्षेप सैह्य हुँदैन – उपप्रधानमन्त्री पोखरेल

बिआरटीनेपाल २०७५ मंसिर १ गते ६:५९ मा प्रकाशित

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले सरकारका काम–कारबाहीमाथि कसैले हस्तक्षेप गरे सैह्य नहुने चेतावनी दिनुभएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर–३, इन्द्रायणी टोलमा शनिबारदेखि सुरु भएको श्रीमद्भागवत कथावाचन कार्यक्रमको उद्घाटन गर्दै उहाँले नागरिकको चाहना, आस्था र विश्वासमाथि कुठाराघात गर्ने काम कसैबाट पनि हुन नहुने बताउनुभएको हो ।

सो अवसरमा मन्त्री पोखरेलले सबै नागरिकको अधिकार सुरक्षित गर्न सरकार सधैं तत्पर रहने विश्वास दिलाउनुभयो
कार्यक्रममा विश्व शान्ति अभियन्ता मुरलीधर पोखरेलले कथावाचन गर्नुभएको छ । उद्घाटनअघि विश्व शान्तिको कामना गर्दै कलशयात्रा निकालिएको थियो । कथावाचन यही मंसिर ७ गतेसम्म चल्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू