अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४४ | Colorodo: 21:59

मोडलिङ क्षेत्र उदाउँदै मोडल मनीषा सापकोटा

बिआरटीनेपाल २०७५ कार्तिक २९ गते १०:४२ मा प्रकाशित

काठमाडौँ : युवा पुस्ताको मोडलिङ क्षेत्रमा आकर्षण बढेसँगै अवसर र चुनौतीहरू समेत धेरै बढेको छन् । युवा पुस्ताको सर्वाधिक रोजाइमा परेको मोडलिङ क्षेत्र दिनानुदिन फैलिँदै गएको छ l त्यस्तै मोडल/नायिका बन्ने चाहना लिएर मोडलिङ क्षेत्रमा आफ्नो क्यारियर सुरु गरेकी नव मोडल हुन् मनीषा सापकोटा l 

नृत्य तथा अभिनयमा पोख्त मोडल मनीषा सापकोटा सुन्दर मुहार र आकर्षक शरीरको धनी छिन चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनी प्रतिको आकर्षण हो । उनी मेहनतका साथ अभिनय र कलालाई अझै निखारता ल्याउँदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन् ।

काठमाडौँ धुम्बाराहीको स्थायी बासिन्दा मनीषा सापकोटा विगत २ वर्ष देखि यस क्षेत्रमा आबद्ध रहेर व्यावसायिक मोडलको रूपमा आफूलाई निखार्दै आएकी छिन l हेर्दा पनि निकै आकर्षण मोडल मनीषा, हाँसिरहने शालीन स्वभावकि छिन । मनीषा यदि राम्रो चलचित्र, म्युजिक भिडियोहरूमा अफर आएमा आफू अभिनय गर्न तयार रहेको बता उछिन । सानै उमेर देखि मोडल तथा नायिका बन्ने सोच र रुचि राख्ने मनीषा अभिनयमा पनि आफूलाई अब्बल दर्जामा राख्न कोसिसरत छिन ।

केही म्युजिक भिडियोमा अभिनय गरी सकेकी मनीषाले टिभी एड, टेलिसिरियलहरुमा समेत अभिनय गरिसकेकी छिन l फेशन सो हरुमा समेत आफ्नो क्षमता प्रदर्शन गरिसकेकी मोडल मनीषा भन्छिन्, अब चलचित्र र मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यही क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउँछु । उनी भन्छिन्– मानव जीवन भनेको सङ्घर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अवश्य सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा सङ्घर्ष गर्दै अगाडि बढ्नू नै जीवन हो, एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ आफू अगाडि बढेको कुरा पनि उनी बताउँछिन्।

स्नातक तहमा अध्ययनरत मनीषा परिवारको सहयोग र साथमा मोडलिङ क्षेत्रमा अगाडि बढेकी छिन l मोडलिङ पेसा एक मर्यादित र राम्रो पेसा हो तर हाम्रो समाजको गलत व्याख्याले गर्दा मात्र यस क्षेत्रलाई व्यवस्थित गर्न सकेको छैनौ, अब हामी जस्ता युवा पुस्ता भएर समग्र नेपाली सिने जगत् र मोडलिङ क्षेत्रलाई अगाडि बढाउनु पर्छ मनीषा भन्छिन् । उनी अभिनीत नयाँ म्युजिक भिडियो चाडै नै बजारमा आउँदै छ l 

प्रतिक्रिया