अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१३ | Colorodo: 19:28

इन्टरनेसनल आइपीओएच फेशन विक सम्पन्न

बिआरटीनेपाल २०७५ कार्तिक २९ गते १०:३५ मा प्रकाशित

शुक्रवारदेखि मलेसियामा जारी तिन दिने “इन्टरनेसनल आइ पी ओ एच फेशन विक २०१८” आइतबार स्थानीय पेरेक स्टेटको आइपीओएच सहरको लास्ट वर्ल्ड अफ तम्बुन भन्ने स्थानमा समापन भएको छ ।

समापन समारोहमा नेपालको तर्फबाट फेशन डिजाइनरहरू प्रेम देव (सेन्ट्रल फेशन हब, काठमाडौँ), लक्ष्मी श्रेष्ठ (आइ एफ सी, चितवन), दीपा तिवारी र सुष्मिता आले (सेन्ट्रल फेशन हब, हेटौडा) ले आफ्ना डिजाइनहरू प्रस्तुत गरेका थिए । स्थानीय तथा तमिल र चाइनिज मोडलहरूले डिजाइनरहरूले तयार पारेका २० वटा विभिन्न नेपाली मिक्स डिजाइनहरू २ वटा सिक्वेन्समा प्रस्तुत गरेका थिए ।

त्यस्तै दोस्रो दिन शनिवार डिजाइनरद्वय लक्ष्मी श्रेष्ठ र प्रेम देबले २० वटा विभिन्न नेपाली, मिथिला र पश्चिमी फ्युजन गरिएका डिजाइनहरू मोडलहरू ले २ वटा सिक्वेन्समा प्रस्तुत गरेका थिए । नेपाली डिजाइनरहरू सँगै नेपाली राष्ट्रिय पोसाकमा नेपाल फेशन फेडेरेसनको अध्यक्ष्य नवीन लुइँटेल पनि र्‍याम्पमा उत्रेका थिए । 

त्यस्तै पहिलो दिन फेसन डिजाइनरद्वय दीपा तिवारी र सुष्मिता आलेले आफ्नो डिजाइनका विभिन्न पोसाकहरू प्रस्तुत गरेका थिए । नेपाली डिजाइनहरू तिनदिनकै स्थानीय दर्शकहरूले निक्कै मन पराएको देखिन्थ्यो ।

भव्यरुपमा आयोजित कार्यकर्ममा नेपाली डिजाइनरहरूले मलेसिया, सिङ्गापुर, चिन र भारतको डिजाइनरहरू सँगै “इन्टरनेसनल आइपीओएच फेशन विक २०१८” मा आफ्ना डिजाइनहरू नेपाल फेशन डिजाइनर सङ्घ र नेपाल फेशन फेडेरेसनको सक्रियतामा मलेसियामा देखाउने मौका पाएको फेशन फेडेरेसनको अध्यक्ष्य नवीन लुइँटेलले बताउनुभयो ।

स्थानीय पेरेक पर्यटन केन्द्रको सहयोगमा लुइस सेबासटेन र आडेलडे खानले “इन्टरनेसनल आइ पी ओ एच फेशन विक २०१८” आयोजना गरेको हो । 

प्रतिक्रिया