अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२४ | Colorodo: 22:39

होटेल सङ्घ नेपालद्वारा भारतको बैंग्लोरमा नेपाल प्रवर्द्धन कार्यक्रम गरिने

बिआरटीनेपाल २०७५ कार्तिक २९ गते ९:२५ मा प्रकाशित

सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र््याउने लक्ष्य र उद्देश्यका साथ छिमेकी मुलुक भारतको बैंग्लोरमा नेपाल पर्यटन बोर्ड, भारतस्थित नेपाली दूतावास तथा बैंग्लोरमा बसोबास गरेका नेपालीहरूको सहकार्यमा यही नोभेम्बर १९, २०१८ मा नेपाल प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गरिने होटेल सङ्घ नेपालका अध्यक्ष तथा टोली नेता अमरमान शाक्यले जानकारी गराउनु भएको छ । छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण पश्चात् भारतीय पर्यटकहरूको नेपाल भ्रमणमा उल्लेख्य वृद्धि भएबाट अझ यसलाई व्यापक बनाउन सकिने हेतु त्यहाँका प्रतिष्ठित ट्राभल तथा टुर अपरेटरहरू सँग नेपाली होटलहरुको बीटूबी मिटिङ तथा नेपाल प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गरिने पनि जनाइएको छ ।

सोही अवसरमा होटेल सङ्घ नेपालको अर्ध वार्षिक साधारण सभा बैंग्लोरस्थित लेमोन ट्रि प्रिमियर होटेलमा आयोजना गरिनेछ । प्रत्येक अर्ध वार्षिक साधारण सभा मुलुकबाहिर गर्ने नीति अनुसार यस वर्ष बैंग्लोरमा आयोजना गरिने भएको हो । साधारणभामा ३५ भन्दा बढी होटेल व्यवसायी सहभागिता जनाउने सङ्घले जनाएको छ । साधारणसभाले सरकारले सन् २०२० मा नेपालमा २० लाख पर्यटक भित्र््याउने लक्ष्य पूरा गर्न होटेल सङ्घ नेपालले सबै सरोकारवाला निकायसँग सहकार्य गर्दै नीति निर्माण तहमा उपयुक्त सुझाव दिने निर्णय गरिने उल्लेख छ । सो अवसरमा अध्यक्ष अमरमान शाक्यले पर्यटन व्यवसायमा उतारचढाव रहे पनि ती सबैलाई मिलाएर नेतृत्व गर्ने जिम्मेवारी स्थापनाको ५२ वर्ष पूरा गरिसकेको होटेल सङ्घ नेपालले लिई आएको जानकारी गराउनु हुनेछ । सङ्घका महासचिव विनायक शाहले नेपाल सरकारले हालै १०० नयाँ गन्तव्य पहिचान गरिसकेको र उक्त गन्तव्यहरूमा लगानी बिस्तारका क्षेत्रमा सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने धारणा राखिने तथा सङ्घको प्रतिवेदनमाथि प्रकाश पार्ने रहेको छ । उक्त साधारणसभामा कोषाध्यक्षको प्रतिवेदन पनि पेस गरिने छ ।

प्रतिक्रिया