अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४९
| Colorodo: 16:04
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंसिर १ गते शनिबार केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार शनिबार दिउँसो २ बजे पार्टी कार्यालयमा बैठक बोलाइएको हो । केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यलाई बैठकमा बोलाइएको छ ।
मंसिर अन्तिम साता हुने महासमिति बैठक, पार्टीको संघीय विधान र समसामयिक राजनीतिक परिस्थितिको बारेमा बैठकमा छलफल केन्दि«त हुने नेपाली कांग्रेसले जनाएको छ । पार्टी सभापति शेरबहादुर देउवा एकलौटी रूपमा चल्न खोजेको भन्दै असन्तुष्ट नेताहरूले चियापान र भेटघाटका नाममा तारन्तार छुट्टै छलफल गर्न लागेपछि देउवालाई केन्द्रीय समिति बैठक बोलाउन दवाव परेको थियो ।