अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३५ | Colorodo: 19:50

विश्व बैंक संझौता, १८ अर्ब रुपैयाँ सहयोग उपलव्ध गराउने

बिआरटीनेपाल २०७५ कार्तिक २८ गते ११:३२ मा प्रकाशित

विश्व बैंकले नेपाल सरकारलाई पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा पोषण परियोजना कार्यान्वयन गर्न १८ अर्ब रुपैयाँ सहयोग उपलव्ध गराउने भएको छ।

सो रकमबाट दोस्रो पुल सुधार तथा मर्मतसम्भार परियोजना कार्यान्वयन गरिने छ। सो परियोजना मार्फत यातायात क्षेत्र सुधारका निम्ति निर्माण गरिने पुलमा लगानी गर्न रु १३ अर्ब ३० करोडभन्दा बढी रकम खर्च गरिने छ। यो रकम विश्व बैंकबाट ऋणस्वरुप उपलब्ध हुने छ। यस बाट ४सय ७७ वटा पुल निर्माण गरिनेछ । नेपालको रणनीतिक सडक सञ्जालका ४३३ पुलका निम्ति प्रदान गरिने सो ऋणबाट ९० वटा पुलको मर्मतसम्भार, दुर्घटनाका जोखिम कम गर्न १८० वटाको स्तरोन्नतिका साथै ८० वटा दुईलेनका नयाँ पुल र ३५ वटा चार लेनका पुलको मर्मतसम्भार एवं पुनःस्थापनामा खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ ।

त्यसैगरी समावेशी विकास तथा महिलालाई केन्द्रमा राखेर खाद्य तथा पोषण सुदृढीकरणका लागि विश्व बैंकले र चार अर्ब ७० करोड रुपैया अनुदान प्रदान गर्ने भएको छ । सो परियोजनाबाट ६५ हजार घरपरिवार प्रत्यक्षरूपमा लाभान्वित हुनेछन् । अर्थमन्त्री डा युवराज खतिवडा र विश्व बैङ्कका दक्षिण एशियाली क्षेत्र हेर्ने उपाध्यक्ष हार्टविग साफेरको उपस्थितिमा आज अर्थमन्त्रालयमा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव राजन खनालले र विश्व बैककम तर्फबाट नेपालका लागि बैङ्कका देशीय निर्देशक चिम्याओ फ्यानले हस्ताक्षर गर्नुभयो ।

त्यस अवसरमा अर्थमन्त्री डा यूवराज खतिवडाले सडक र पुल भौतिक पूर्वाधार विकासका पूर्वशर्त भएको बताउनु भयो । नेपालको सामाजिक–आर्थिक विकासमा बैङ्कले गरेको निरन्तर सहयोग गरेकालागी अर्थमन्त्रीले धन्यबाद व्यक्त गर्नु भयो। विश्व बैङ्कका दक्षिण एशियाली क्षेत्र हेर्ने उपाध्यक्ष हार्टविग साफेरले नेपाल सरकार र बैकका पदाधिकारीको अथक प्रयासबाट एउटा परियोजनामा ऋण लगानी र अर्कोलाई अनुदान प्रदान गर्न सम्भव भएको भन्दै सडक र पुल विकासका मेरुदण्ड भएकाले त्यसमा लगानी गर्नु अपरिहार्य भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू