अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५१ | Colorodo: 16:06

चलचित्र हिमालकी रानीको च्यारिटी सो उठेको रकम संयुक्त एकता आवाज केन्द्रलाई प्रदान

बिआरटीनेपाल २०७५ कार्तिक २७ गते २३:०६ मा प्रकाशित

नेपाली चलचित्र “हिमालकी रानी”को च्यारिटी सो सम्पन्न भएको छ । बालाजु स्थित अष्टनारायण हलमा भएको उक्त च्यारिटी सोमा दर्शकहरूको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो । संयुक्त एकता आवाज केन्द्रको सहयोगार्थ प्रदर्शन गरिएको उक्त च्यारिटी सो पश्चात् देशका प्रमुख सहर तथा विदेशमा प्रदर्शन हुनेछ । राजनीतिक दलका नेता, चलचित्रका कलाकारहरू, विशिष्ट व्यक्तित्व एवं दर्शकहरूको बाक्लो उपस्थिति रहेको थियो ।

करिब ५० जना अभिभावकविहिन बालबालिकालाई लामो समयदेखि आश्रय दिएर समाजसेवामा उल्लेख्य योगदान दिए बापत थुप्रै अवार्ड एवं सम्मानित भएका संयुक्त एकता आवाज केन्द्रका सञ्चालक तिल बहादुर कार्कीले सञ्चालन गरेका केन्द्रको ब्रान्ड एम्बेसडर तथा सल्लाहकार समेत रहेकी नायिका एवं समाजसेवी शान्ता तामाङको प्रमुख एवं सशक्त भूमिका रहेको चलचित्रमा सभ्य समाज निर्माण तथा रूपान्तरणको निमित्त राजनीतिक क्रान्ति साथै श्रृजनात्मक कला, साहित्यको उतिकै भूमिका हुने भएकोले चलचित्र मार्फत धादिङ, नुवाकोट तथा रसुवा जिल्लाका तामाङ तथा घले समुदायको वास्तविक संस्कार एवं परिवेशलाई चित्रण गरिएको छ । तामाङ समुदायको लोपोन्मुख संस्कार एवं संस्कृतिको संरक्षणका निमित्त निर्माण गरिएकोले चलचित्रलाई दर्शकले रुचाएको र खुलेर सबैले प्रशंसा गरेको नायिका शान्ताले बताइन ।

लाप्साङ्गकार्पो म्युजिक सेन्टरको तेस्रो प्रस्तुति रहेको चलचित्र हिमालकी रानीमा शान्ताका अलावा कलाकारहरू विजय लामा,प्रदीप फ्यूवा, कान्छा लामा,मर्नेन तामाङ, कमल तामाङ,प्रकाश तामाङ कुईसेङ्ग रुम्बा, जयवीर तामाङ, लक्ष्मी घिसिङ, जीवी घले, सोप्यत तामाङ, महेन्द्र तामाङ सिंह बहादुर तामाङ लगायतको अभिनय रहेको छ , भने चलचित्रको लेखन तथा निर्देशन रोशन फ्यूबा तामाङले गरेका छन् । कमल तामाङ, सुनानी तामाङ तथा प्रशंस फुयूबा निर्माता रहेको चलचित्रको छायाङ्कन प्रकाश तामाङ तथा रोशन फ्यूबाले गरेका छन् भने चलचित्रमा समावेश गीतहरू यस अघि नै चर्चामा रहेको थियो ।

लामो समयदेखि मनोरञ्जन क्षेत्रमा क्रियाशील नायिका एवं समाजसेवी शान्ता महिला अधिकार तथा समानताका निमित्त लागी पर्दै आइरहेकी छिन । क्रिष्टल सब रेमिट , क्रिष्टल ट्राभल्स ,ललित मनी ट्रान्सफर तथा एसके ईन्टरटेनमेन्टको सञ्चालक समेत रहेकी नायिका पेसाले एक सफल महिला व्यवसायी समेत हुन । मिसेज नेपाल आईकनकि विजेता एवं जुम्बा क्वाँटी २०१४ तथा मेन्दोमायाको संस्थापक समेत रहेकी शान्ता आफू उक्त प्रतियोगिता विजेता पश्चात् ईभेन्ट व्यवस्थापनमा समेत सक्रिय रहँदै आएकी छिन ।

विशेष गरी तामाङ तथा मङ्गोल जातीका संस्कार,संस्कृति तथा रितिरिवाजको संरक्षण एवं प्रवर्द्धनका निमित्त मिसेस् तामाङ, मिसेस् गुरुङ जस्ता प्रतियोगिता आयोजना गरी बहुप्रतिभा धनीका रूपमा समेत पहिचान बनाएकी नायिका शान्ताले हालै मात्र दुबईमा आयोजना भएको मोडल सङ्गसङ अवार्डको सर्वोत्कृष्ट मोडलको अवार्ड जित्न सफल भएकी थिइन ।

प्रतिक्रिया