विपक्षी दलको नेताको भूमिका सभापतिले खेल्न नसकेको वरिष्ठ नेता पौडेलको आरोप
बिआरटीनेपाल२०७५ कार्तिक २७ गते ५:०८ मा प्रकाशित
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद्मा विपक्षी दलको नेताको भूमिका पार्टी सभापतिले निर्वाह गर्न नसकेको आरोप लगाएका छन्।
नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टी सभापतिले जुन किसिमको विचार संसद्मा दिनुपथ्र्यो त्यो दिन नसकेको बताए।
वरिष्ठ नेता पौडेलले उपसभापति पदमा विजयकुमार गच्छदारलाई ल्याउने विषयमा खासै विवाद नभएको बताए । प्रक्रिया पुर्याएर ल्याउन नसक्नु सभापतिको कमजोरी रहेको उनकोभनाइ थियो ।