अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४० | Colorodo: 19:55

ओली सरकार असफल भए राष्ट्रनै असफलः नेकपा नेता रायमाझी

बिआरटीनेपाल २०७५ कार्तिक २५ गते ८:०५ मा प्रकाशित

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान असफल भए राष्ट्र नै असफल हुने बताउनुभएको छ । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीले यस्तो बताउनुभएको हो ।

नेता रायमाझीले वर्तमान प्रधानमन्त्री यसअघि प्रधानमन्त्री हुँदा पनि सफल बनेको उल्लेख गर्दै अब पनि सफल हुने ठोकुवा गर्नुभयो । तर, अहिल्यै नै सरकार सफल कि असफल भनेर मुल्यांकन गर्ने बेला भने नभएको उहाको भनाई थियो । अव सरकारले गति लिनेमा कुनै शंका नरहेको उहाँले ठहर समेत गर्नुभएको छ ।

सरकारसँग दुई तिहाई बहुमत रहेको र विकास र समृद्धि मात्रै एकसूत्रीय एजेण्डा पनि रहेको रायमाझीको भनाई छ । सो अवसरमा नेता रायमाझीले सरकारलाई काम गर्नका लागि प्रमुख प्रतिपक्षी दलले पनि कुनै अवरोध नगरेको पनि स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू