अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४३ | Colorodo: 15:58

निर्मला पन्त हत्या प्रकरण– न्यायको लागि परिवारजन अनिश्चितकालीन धर्नामा

बिआरटीनेपाल २०७५ कार्तिक २५ गते ७:५३ मा प्रकाशित

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीनदत्तनगरकी १३ वर्षीया वालिका निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न माग गर्दै पीडित परिवार आईतवार देखि अनिश्चितकालिन धर्नामा बसेका छन् । न्यायका लागि आन्दोलनको पूर्व निर्धारित कार्यक्रम अनुसार नै जिल्ला प्रशासन कार्यालयको गेटमा निर्मलाका आमा र बुबा छोरा छोरी सहित धर्नामा बस्नुभएको छ । धर्नापुर्व आईतबार अपरान्ह महेन्द्रनगरको स्थानिय मदनचोकमा भेला भएका परिवार र महिला अधिकारकर्मीहरुले बजार परिक्रमा गर्दै प्रदर्शन गरेका थिए । ¥याली सहितको प्रदर्शनमा निर्मलाका सहपाठी साथीहरु समेत सहभागी रहेको जनाईएको छ ।

महेन्द्रनगर बजारमा प्रदर्शन पश्चात जिल्ला प्रशसन कार्यालय अगाडी पुगेपछि बुबा यज्ञराज, आमा दुर्गादेवी, कान्छी आमा लक्ष्मी र आफन्तहरु धर्नामा बसेका हुन् । आमा बुबा संगै निर्मलाकी बहिनी सरस्वती र भाई मोहित समेत धर्नामा बसेका छन् । धर्ना बस्नुअघि निर्मलाका बुबा यज्ञराजले प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीलाई धर्ना बस्ने कार्यक्रमबारे जानकारी गराउनुभएको थियो । उहाँले छोरीका हत्यारा सार्वजनिक नभएसम्म धर्ना जारी रहने जानकारी गराउनु भयोे । प्रधानमन्त्री, गृहमन्त्री सबैलाई भेटेर पनि न्याय नपाइएपछि अन्तिम विकल्पका रुपमा धर्ना बस्नुपर्ने अवस्था आएको निर्मलाकी आमा दुर्गा देवीले बताउनुभयो ।

गत साउन १० गते साथीको घरमा गएकी निर्मला दोस्रो दिन भीमदत्त नगरपालिका २ र १८ को सीमामा मृत अवस्थामा भेटिएकी थिइन् । सोही दिनदेखि हत्यारा पत्ता लगाउनुपर्ने माग गर्दै पीडित परिवार र आफन्तले आन्दोलन गर्दै आएका छन् । लात्कारपछि हत्या गरिएको अवस्थामा किशोरीको शव गत साउन ११ गते स्थानीय ऊखुबारीमा फेला परेपछि पीडित परिवारसहित स्थानीयले आन्दोलन थालेपनि प्रहरीले हालसम्म अनुसन्धानका लागि प्रमाणसमेत जुटाउन सकेको छैन् ।

यो संगै साढे ३ महिनासम्म पनि निर्मला पन्तका हत्यारा सार्वजनिक नगरेको भन्दै निर्मला पन्तको परिवार जिल्ला प्रशासन कार्यलय कन्चनपुरमा अनिश्चितकालीन धर्नामा बसेको हो । निर्मलाको बलात्कार र हत्या कसले र्गयो भन्ने कुरा अझै रहस्यमय छ । यो अवधिमा प्रहरीले स्थानीय दीलिपसिंह विष्टलाई दोषी बनाएर पक्राउ गरे पनि उनको डिएनए र निर्मलाको शवबाट लिइएको भेजाइनल स्वाबको डिएनए नमिलेपछि उनी रिहा भएका छन् ।

गृह मन्त्रालयले बनाएको उच्चस्तरीय छानबिन समितिले घटनाको सुरूदेखि नै प्रहरीले प्रमाण नष्ट गरेको र अनुसन्धानमा लापरबाही गरेको रिपोर्ट दिएको छ । सोही रिपोर्टका आधारमा कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख रहेका एसपी दिल्लीराज बिष्टलाई सेवाबाट बर्खास्त गरिएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको बताएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू