अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१६ | Colorodo: 08:31

राजनीतिक दलहरु मिल्नुको विकल्प छैनः नेकपा नेता नेम्वाङ

बिआरटीनेपाल २०७५ कार्तिक २४ गते ४:२७ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले मुलुकको विकाशका लागि सबै राजनीतिक दलहरु मिल्नुको विकल्प नरहेको बताउनुभएको छ । उपनेता नेम्वाङले मुलुकलाई अघि बढाउन अझै पनि दलहरु एकैठाउँमा उभिनुपर्ने अवस्था आएको बताउनुभयो ।

गणेशमान सिंहको जन्मजयन्तिको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले हिमाल, पहाड र मधेशका जनतालाई अझै एकतावद्ध बनाएर अघि बढनुपर्ने आवश्यकता औल्याउनुभएको हो । उपनेता नेम्वाङले गणेशमान सिंहले देखाएको बाटोबाट अघि बढ्ने हो भने सबै राजनीतिक दलहरुले एक ठाउँमा उभिएर राष्ट्रको सेवामा लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू