अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१३ | Colorodo: 04:28

सभापति देउवाको कारण पार्टी चलेन– काङ्ग्रेस नेता सिंह

बिआरटीनेपाल २०७५ कार्तिक २४ गते ४:२५ मा प्रकाशित

नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सभापति देउवाका कारण पार्टी राम्ररी चल्न नसकेको बताउनुभएको छ । वि सं २०४६ को जनआन्दोलनका कमाण्डर एवं लौहपुरुष गणेशमान सिंहको १०४औँ जन्मजयन्तीका अवसरमा आज बिहान गणेशमान सिंह फाउण्डेशनले शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले सभापति देउवा पार्टी बिधानभन्दा माथि रहेकोले उक्त अवस्था आएको टिप्पणी गर्नुभयो ।

नेता सिंहले विधानअनुुसार पार्टी सभापति चल्न नसकेको आरोप लगाउदै विधानभन्दा सभापति माथि हुँदा पार्टी अहिलेको अवस्थामा आएको बताउनुभयो । नेता सिंहले पार्टी सुधारका लागि आफूले जस्तोसुकै भूमिका खेल्न तयार रहेको स्पष्ट समेत पार्नुभएको छ । कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डिला सङ्ग्रौला, काङ्ग्रेस काठमाण्डु पार्टी सभापति सबुज बानिया, सांसदहरु, भ्रातृ संस्थाका अध्यक्ष एवं पदाधिकारीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू