अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३३ | Colorodo: 04:48

मोडेल अधिकारी अभिनीत ”तिम्रो मिठो बातमा”

बिआरटीनेपाल २०७५ कार्तिक २१ गते १२:०२ मा प्रकाशित

नायिका अनु शाह र डीआर अधिकारी अभिनीत ”तिम्रो मिठो बातमा” गीत सार्वजनिक भएको छ। ओम सुनुवार र कविता श्रेष्ठको स्वरमा रहेको गीत ”तिम्रो मिठो बातमा” कविता श्रेष्ठको शब्द र ओम सुनुवारको सङ्गीत रहेको छ ।

अर्जुन अधिकारीको निर्देशनमा बनेको ”तिम्रो मिठो बातमा”को भिडियोमा उत्सव दाहालको छायाङ्कन, पदम तिमिल्सिनाको सम्पादन रहेको छ ओम सुनुवार र कविता श्रेष्ठको यस अघि नेपाली फिल्म झमक बहादुरमा समावेश रिमिक्स गीत ‘आमैले भन्थे’को सर्वाधिक मन पराइएको थियो भने कोरियाबाट केही समय अघि म्युजिक भिडियोको अभिनयमा डेब्यु गरेका पोखरा स्थायी घर भएका मोडेल अधिकारीले यसलाई नै व्यावसायिक रूपमा अघि बढाउन लागिपरेका छन् उनको ४/५ वटा म्युजिक भिडियोहरू पोस्ट प्रोडक्सनमा रहेका छन्।

प्रतिक्रिया