अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५१ | Colorodo: 07:06

पर्यटन क्षेत्रको लगानीका लागि नेपाल मूख्य गन्तब्य :उपाध्यक्ष चन्द्र ढकाल

बिआरटीनेपाल २०७५ कार्तिक २० गते १८:५३ मा प्रकाशित

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन क्षेत्रको लगानीका लागि नेपाल मूख्य गन्तब्य भएको बताएका छन्।

चाइना एडभेन्चर टुरिजम फोरमद्वारा मंगलबार आयोजित ‘हिमालयन समिट’ मा उनले यो धारणा राखेका हुन्। नेपाल र चीनवीच प्राचीनकालदेखि नै रहीआएको ऐतिहासिक र संस्कृतिक सम्बन्धको स्मरण गर्दै पर्यटन पूर्वाधार निर्माण गर्न युवा जनशक्ति तयार हुँदै गएको बताए।उपाध्यक्ष ढकालले नेपाल अद्वितीय प्राकृतिक र सांस्कृतिक धरोहरको केन्द्र रहेको बताउँदै सगरमाथा, उच्च हिम श्रृखंला र लुम्विनी संसारका पर्यटकहरूको मूख्य आकर्षण रहेको बताए। ढकालले नेपालमा स्थिर सरकार बनेको र लगानीको लागि सुरक्षित वातावरण निर्माण भएको बताए।उनले नेपालको धार्मिक र सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्न निजी क्षेत्र सरकारसँग सहकार्य गर्न तयार रहेको बताए।

प्रतिक्रिया