अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२२ | Colorodo: 12:37

मंगलबार देखी अनलाईन सेयर कारोबार संचालनमा

बिआरटीनेपाल २०७५ कार्तिक २० गते १८:१६ मा प्रकाशित

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मंगलबार देखी अनलाईन सेयर कारोबार संचालनमा ल्याएको छ । अनलाईन कारोबारको अर्थ मन्त्री डा. युवराज खतिवडा गरे । सो कार्यक्रममा उनले सेयर बजारमा संस्थागत लगानीकर्ताको कमि रहेको बताए । बैंक तथा वित्तिय संस्थाहरुले संस्थागत निक्षेपकर्तालाई ११ प्रतिशत सम्म ब्याजदर तोकिदिएको कारण सेयर बजारमा संस्थागत लगानीकर्ताको कमि रहेको बताएका हुन् ।

हरेक चिजको सिजन भएजस्तै बैंकिङ तरलताको पनि सिजन हुने हुँदा केहि समयसम्म यस्तो सिजन कायम रहने पनि उनले बताए । मन्त्री खतिवडा भन्छन् ‘बैंकमा सधै ११ प्रतिशत व्याज पाइँदैन त्यसैले आफ्नो लगानीलाई विविधीकरण गर्नुहोस् । देशको रहेक क्षेत्रको आर्थिक कारोबारमा र मुलुकको आर्थिक वृद्धि ७÷८ प्रतिशत हुदाँ पनि बढ्न नसकेको सेयर बजारलाई अनलाईन कारोबारले सकारात्मक बाटो तर्फ लैजान सहयोग गर्ने छ । ’

कार्यक्रममा अर्थमन्त्री खतिवडाले म्यूचअल फण्डको भूमिकाको आलोचना पनि गर । म्यूचअल फण्डहरूले पुँजीबजारमा सेयर कारोबारीको भूमिका मात्र निभाएको उनको भनाई थियो ।

नेपाल स्टक एक्सचेञ्ज स्थापना भएको २५ बर्षपछि नेपालको सेयर बजारमा पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली संचालनमा ल्याएको हो । यसले सेयर बजारलाई आधुनिक चरणमा पु¥याउनुका साथै मुलुकको ७७ वटै जिल्लामा बजारको विकास र पुहँच विस्तार गर्ने नेप्सेका कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताए । इन्टरनेटको पहुँच भएको जुनसुकै स्थानबाट पनि लगानीकर्ताहरुले सजिलै कारोबार गर्ने सक्ने हुँदा अबका दिनमा लगानीकर्ताहरु ब्रोकर कार्यालयसम्म पुग्नु पर्ने झन्झटबाट मुक्ती पाउने साउदले बताए । अनलाईन कारोबारले देश तथा विदेशका कुना काप्चामा रहेका लगानीकर्ताहरुलाई पनि समेट्ने हुदाँ सेयरबजारको भविष्य आगामी दिनमा उज्वल रहेने विश्वास पनि उनको छ ।

त्यस्तै कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नर शिवराज श्रेष्ठले नेप्सेको सेयर बिक्रीका लागि केन्दि«य बैंकले डिडिए प्रस्ताव गरिरहेको र बैंकहरुलाई पनि सेयर ब्रोकरको लाईसेन्स दिने बताए ।

प्रतिक्रिया