अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१२ | Colorodo: 21:27

समुदाय र प्रहरी एकअर्काका साझेदारः आईजिपी सर्बेन्द्र खनाल

बिआरटीनेपाल २०७५ कार्तिक २० गते ८:४८ मा प्रकाशित

नेपाल प्रहरीका महानिरिक्षक सर्बेन्द्र खनालले समुदाय र प्रहरी एकअर्काका साझेदार भएर काम गर्न सके अपराध रोक्न सकिने बताउनुभएको छ । समुदायले प्रहरी हाम्रो र प्रहरीले पनि समुदाय हाम्रो हो भन्ने वातावरण बनाउन सके देश समृद्ध हुन समय नलाग्ने उहाँको भनाई छ । जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार आयोजना गरेको ‘समुदाय— प्रहरी साझेदारी सम्बन्धी अन्तरक्रिया कार्यक्रम एवं शुभकामना आदानप्रदान कार्यक्रम’ लाई सम्वोधन गर्दै उहाँले सुरक्षा सँगसँगै विकासलाई पनि अगाडि बढाउदै लैजानुपर्ने धारणा राख्नुभयो ।

हरप्रहर प्रहरीले काम गरिरहेको उल्लेख गर्दै आईजिपी खनालले तर प्रहरीलाई नै विभिन्न किसिमका लालछना लगाईने गरेको भन्दै दुःख व्यक्त गर्नुभयो । प्रहरीको छविको उच्चतम विकासका निम्ती प्रहरी हाम्रो हो भन्ने वातावरण सिर्जित गर्नुपर्ने ठानेर नै आँफुहरुले समुदाय —प्रहरी साझेदारी सम्बन्धी कार्यक्रम ल्याएको उहाँको भनाई थियो ।

कार्यक्रममा प्रदेश सभा सदस्य राजीव पहारी, नेपाल पत्रकार महासँघका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, कास्कीका प्रमुख जिल्लाा अधिकारी चक्र बहादुर बुढा, सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका निर्वतमान अध्यक्ष विश्वबहादु भट्टराई र जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रमुख ओमबहादुर राना लगायतकाले बोल्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू