अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५९ | Colorodo: 19:14

पोखरामा डेंगु विरुद्ध सचेतना र्याली

बिआरटीनेपाल २०७५ कार्तिक १८ गते ८:२१ मा प्रकाशित

पोखरामा आइतबार डेंगु रोग विरुद्ध सचेतना र्याली सम्पन्न भएको छ । युवा पत्रकार सञ्जाल, गण्डकीले आयोजना गरेको र्यालीमा लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोगबारे अपनाउनुपर्ने सचेतनाका बिषयमा सर्वसाधारणलाई जानकारी गराईएको थियो । स्थानिय चिप्लेढुङ्गा मानवअधिकार चोकबाट सुरु भएको र्याली पृथ्वीचोकमा पुगेर कोण सभामा परिणत भएको थियो । र्यालीमा सांसद, नेता, सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, व्यवसायी , कलाकार, पत्रकार, प्रहरी, नागरिक समाज र आमा समूह सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

आयोजित कार्यक्रममा बोल्दै जनस्वास्थ्य कार्यालय कास्कीका भेक्ट्रल कन्ट्रोल निरिक्षक यम बरालले सुन्दर नगरी पोखरामा रोगहरुले एकपछि अर्को आक्रमण गरिरहेको बताउनुभयो । लामखुट्टेको टोकाईबाट लाग्ने डेंगु रोगबाट बच्ने उत्तम उपाय सरसफाई रहेको उहाँको भनाई थियो । बरालका अनुसार अहिले कास्कीमा १०९ जना भन्दा बढि यो रोगबाट संक्रमित छन् । कास्कीमा पछिल्लो समय दैनिक १० देखि २० जना बिरामीलाई डेंगु रोग लागेको तथ्याङ्क छ ।

यो रोग लाग्दा जाडो हुदैं उच्च ज्वरो आउने, जीउ दुख्ने, जोर्नी तथा हाडहरु बेस्सरी दुख्ने, आँखा चलाउँदा तथा घुमाउँदा दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, खाना खान मन नलाग्ने, गिजा वा शरीरका अन्य अंगहरुबाट रगत बग्न सक्ने, ज्वरो आएको केहि समयपछि प्रशस्त पसिना आएर रक्त चाप घट्न सक्ने आदि लक्षणहरु देखिने गर्दछन् ।

यो रोगको कुनै विशिष्ट उपचार नभएको र खोपको विकास समेत नभएको हुँदा समयमा नै अस्पतालमा गई लाक्षणिक उपचार गर्न चिकित्सकहरुले सुझाव दिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू