अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१३ | Colorodo: 19:28

पोखरामा भाइटिका महोत्सव हुने

बिआरटीनेपाल २०७५ कार्तिक १७ गते ९:१५ मा प्रकाशित

पश्चिमाञ्चल होटल संघ पोखराले विगत बर्षहरुमा झैं यसपटक पनि तिहारको अवसरमा यही कात्तिक २३ गते भाइटिका महोत्सव आयोजना गर्ने भएको छ । पोखराको लेकसाइड स्थित बटरफ्लाई चाइल्ड केयर सेन्टरमा यो महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवले नेपाली संस्कृतिको संरक्षण गर्दै पर्यटनको प्रवर्द्धन गर्ने उद्धेश्य लिएको आयोजक संस्थाका अध्यक्ष विकल तुलाचनले जानकारी दिनुभयो । स्वदेशी तथा विदेशी पर्यटक माझ आपसी भाइचाराको अभिवृद्धि गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली संस्कृतिलाई पहिचान प्रदान गर्ने उद्धेश्य समेत महोत्सवले लिएको जनाईएको छ ।

नेपाली परम्परा अनुसार पर्यटकलाई तिहारको टिका लगाउने, देउसी भैलो खेल्ने र सेलरोटी लगायत अन्य परिकार खाने खुवाउने कार्यक्रम महोत्सव अन्तर्गत समेटिएको छ । गत बर्षको ११ औं भाइटिका महोत्सवमा १३ देशका ३५ पर्यटकले टिका ग्रहण गरेका थिए । भाइटिका महोत्सवको निरन्तरता सँगै पछिल्ला वर्षहरुका पर्यटकहरुसमेत दोहोर्याएर टिका लगाउन पोखरा आउन थालेका छन् । भाइटिका महोत्सव पर्यटकका लागि नयाँ पर्यटकीय प्रडक्ट समेत बन्न थालेको छ ।

महोत्सवमा सहभागिताका लागि नाम दर्ता गर्ने क्रम शुरु भइसकेको महोत्सवका संयोजक एवं संघका कोषाध्यक्ष पार्वती पाण्डेले जानकारी दिनुभयो । लेकसाइड स्थित होटल लेण्डमार्क, ग्ल्यासियर होटल एण्ड स्पाः र बटरफ्लाई लजमा नाम दर्ता गराउन सकिने संस्थाले जनाएको छ । होटल ल्याण्डमार्क र बटरफ्लाई लजले सहयोग गरेको कार्यक्रमको प्रबद्र्धक नेपाल पर्यटन बोर्ड रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू