अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४४ | Colorodo: 18:59

नकाेरीएका पानाहरू

नीरज क्षेत्री २०७५ कार्तिक १७ गते ६:५४ मा प्रकाशित

जब,
सम्झनाका लहरहरू
मानसपटलबाट उछिट्टीएर
अकल्पीत संसारको चाैडाहमा
भाैतारीदै हुन्छ – आकाश तिर
नजर घुमाउँदै भन्छु,
– रित्तो रहेछ यो संसार,
– रित्तै रहेछ यो जीवन,
तर पनि-
जहाँ हराऊ,
आकाश को छानो सदैव रहनेछ।
अनि,
त्यही आकाश हेर्दै भन्छु;
तिमी मेरो पाना
जहाँ,
भेटिएनन् कुनै अक्षरहरू !

एक्लो जिन्दगी को लामो सफर,
जहाँ तही आफू जस्तै छाया हरू
तछाड,मछाड अनि हतारमा
“दाैडीरहेका- कुल्चिरहेका” देख्छु
ती मानव शरीरहरू
जसलाई,
आफ्नो जिन्दगीका पानाहरू
कसरी कोरिएका छन् ?
अनि काेरीदै छन् ?
अह, पत्तै छैन ।
प्रकृतिलाई पनि उछिन्न खोज्दै
कुनै एउटा होडमा, दौडमा
आफूलाई भगाई रहेका छन्
दिनहुँ दलाई रहेका छन्
त्यस्ता जीवित अवशेष हरुकाे
म निन्दा नगरी
म फेरी हराउँदै,
कराउँदै,
प्रकृतिलाई टाेकस्दै,
आकाशतिर हेर्दै
रुदै भन्छु –
“म पागल बन्दा”
मैले कोरेका पानाहरू
मेरो जिन्दगीका अक्षरहरू
दैवले नै मेटाई दिए
तर,
खै के भैईरहेकाे छ
यी नयाँ जीवनहरूमा ?
कता गइरहेछ संसार ?
माया- प्रेम, साथ अनि निष्ठा
खै,
अब यस्तै हो भने
कुनै अरू
पानाहरू… काेरीने छैनन् त ?

 

*अध्यक्ष, अनेसास पर्थ च्याप्टर, अस्ट्रेलिया

प्रतिक्रिया