अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३७ | Colorodo: 08:52

अर्घाखाँचीमा बिदेशी पर्यटकको तमासा, नाङ्गै बसेर उछृंखल गतिबिधिमा संलग्न

बिआरटीनेपाल २०७५ कार्तिक १६ गते ८:२२ मा प्रकाशित

नेपाल घुम्न आएका ४० भन्दा धेरै विदेशी पर्यटकले अर्घाखाँचीमा तमासा मच्चाएका छन् । उनीहरु नाङ्गै भएर उछृंखल गतिविधिका संलग्न भएपछि स्थानीय प्रशासनलाई तनाव भएको छ । स्थानीय प्रशासनको अनुमतिबिना जिल्लाको शीतगंगा नगरपालिकामा प्रवेश गरी विभिन्न बहानामा नाङ्गिएर उछृंखल गतिविधि गरेपछि स्थानीय प्रशासनले ती विदेशी पर्यटकलाई पक्राउ गर्ने प्रयास गरिरहेको छ ।

शितगंगा नगरपालिका–६ गोवाङ्ग खोला र बुंची खोलाको दोभानमा स्थानीय प्रशासनको अनुमतिबिना प्रवेश गरि टेन्ट टाँगेर बसेका उनीहरुले नाङ्गै भएर नाचगान गर्नुका साथै नुहाएको जनाईएको छ । ४० जना पर्यटकको टोली त्यस क्षेत्रमा पसेर नाङ्गिँदै उछृंखल गतिविधि गरेको गुनासो स्थानीय बासिन्दाले गरेपछि उनीहरुलाई त्यस क्षेत्रबाट फिर्ता पठाउन प्रहरी लागिरहेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिनुभयो ।

पर्यटकको टोलीले नग्न अवस्थामा खोलामा नुहाउने, माटो दल्ने, नाङ्गै तस्विर कैद गर्ने जस्ता गतिविधि गरेका थिए । त्यसक्रममा उनीहरुले बिनासूचाना र अनुमति टेन्ट नै टाँगेर बसेपछि फिर्ता पठाउन गएरातिदेखि नै प्रहरी परिचालन गरिएको समाचारमा उल्लेख छ । त्यसक्रममा विदेशी पर्यटक ल्याउने नेपाली २ नेपालीलाई प्रहरीले पक्राउ गरि सकेको छ । पक्राउ पर्नेहरुमा शालिक ढुङगाना र मोतीराम गैरे रहेका छन् । उनीहरुमाथि आवश्यक अनुसन्धान भैरहेको अर्घाखाँची प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू