अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५४ | Colorodo: 22:09

समीर र विद्याको जोडीले पायो एक करोड

बिआरटीनेपाल २०७५ कार्तिक १४ गते १८:४५ मा प्रकाशित

काठमाडौँ : गायक समीर आचार्य र गायिका विद्या तिवारीको “पिच रोड” करोड क्लबमा प्रवेश गरेको छ l लामो समय देखि अस्ट्रेलियामा बस्दै आएका गायक आचार्यले नेपाली साङ्गीतिक क्षेत्रमा अतुलनीय योगदान पुर्‍याउनै आएका छन् भने गायिका विद्या तिवारी भोइस अफ नेपाल कि एक सशक्त प्रतिस्पर्धी रहेकी छन् l विदेशमा रहेर पनि नेपाली साङ्गीतिक बजारमा समीर ले एक पछि अर्को गदै हिट नम्बर दिएर गायन क्षेत्रमा आफ्नो बेग्लै छवि बनाएका छन् l

यस गीतको शब्द तथा सङ्गीतमा राजेन्द्र भट्ट र सन्तोष कुमार रहेका छन् भने छायाकार राम कुमार केसीले म्युजिक भिडियोलाई छायाङ्कन गरेका हुन् l निर्देशक टेकेन्द्र साहले निर्देशन गरेको यस भिडियोमा चर्चित नायिका आँचल शर्मा र सुसान्त खत्रीको बेजोड नृत्यको साथमा अभिनय देख्न सकिन्छ l छोटो समयमा चर्चाको शिखरमा पुग्न सफल गीत “पिच रोड” को सफलता देखेर गायक समीर अहिले दङ्ग परेका छन् l नेपाली गीत सङ्गीत प्रेमीहरूको अपार माया तथा यस गीतको म्युजिक भिडियोलाई दर्शकहरूले अत्यधिक मनपराई दिएकोमा सम्पूर्ण भिउर्सहरुलाई गायकले धन्यवाद समेत दिएका छन् भने आगामी दिनहरूमा समेत यस्तै माया र साथको अपेक्षा समेत गरेका छन् l 

भिडियो हेर्नुहोस् :

प्रतिक्रिया