अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३४ | Colorodo: 02:49

प्रताप दासको ‘जुनकिरी ’ सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७५ कार्तिक १४ गते १२:०४ मा प्रकाशित

काठमान्डौँ, नेपाल आइडलबाट चर्चित बनेका सबैका लोकप्रिय गायक हुन् प्रताप दास । सुमधुर स्वरका धनी प्रताप नेपाल आइडलको पहिलो सिजनमा सेकेन्ड रनर अप बनेका थिए । गायक प्रताप दासको सुमधुर स्वरमा ‘जुनकिरी ’ बोलको गीत सार्वजनिक भएको छ । 

भुपेन्द्र न्यौपानेको शब्द तथा शङ्कर थापा स्माइलको सङ्गीतमा डान्सिङ गीतको भिडियो बजारमा आएको हो । अजय रेग्मीको छायाङ्कन , दीपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । प्रेमका मनका कोमल भावनाहरूको भूमिकामा काजिश श्रेष्ठ र अञ्जलि अधिकारीको फिचरिङ रहेको छ ।

प्रतिक्रिया