अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२० | Colorodo: 19:35

गायक प्रहलाद तिमिल्सिना ‘महक–२’ सार्वजनिक

बिआरटीनेपाल २०७५ कार्तिक १३ गते ११:१७ मा प्रकाशित

काठमाडौँ– लोकप्रिय गायक प्रहलाद तिमिल्सिना आफ्नो स्वरमा रेकर्ड भएका आधुनिक शैलीका गीतहरूको दोस्रो एकल एलबम ‘महक–२’ आज सार्वजनिक भएको छ । काठमाडौँमा आयोजित एक साङ्गीतिक समारोहमा गृहमन्त्री राम बहादुर थापा ‘बादल’, सङ्गीतकार शम्भुजित बास्कोटा, आलोक श्री, गीतकारहरू राजेन्द्र थापा, डा.कृष्णहरि बराल तथा एसपी कोइरालाले संयुक्त रूपमा उक्त एलबम लोकार्पण गरेका हुन् ।

विमोति ‘महक–२’ एलबममा १० वटा गीत समावेश छन् । एलबमका गीतहरूमा वरिष्ठ सङ्गीतकार शम्भुजित बास्कोटा, सुरेश अधिकारी, आलोक श्री, न्ह््यू बज्राचार्य, महेश खड्का, वसन्त सापकोटा, विकास चौधरी तथा आशिष् अविरलद्वारा संगीतबद्ध गीतहरू समावेश गरिएका छन् । यी गीतहरू डा.कृष्णहरि बराल, जीवन लुइँटेल, राजेन्द्र थापा, वसन्त सापकोटा, एसपी कोइराला तथा निश्चल श्रेष्ठले रचना गरेका हुन् । जीवन लुईटेलले एल्बका तीन वटा गीत रचना गरेका छन् भने राजेन्द्र थापाले पनि तीन वटै गीत रचना गरेका छन् । एलबममा तिमीलाई नभेटु“ की, हिउँ“ सरी, ढकमक्क गु“रास, वचन दियौ धड्कनले, थोत्रो रेडियो, भनी देऊ न कस्तो लाग्छ, सञ्चै छु भनी, पिरतीको खेल, इल्ली बिल्ली तथा पहिले भनेको माया बोलका गीतहरू सुन्न सकिन्छ । गुञ्जन ईन्टरटेन्मेन्टले यो एलबमलाई उत्पादन तथा बजार व्यवस्थापन गरेको छ ।

विमोचन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले गायक तिमिल्सिनाको गायकीको प्रशंसा गर्दै साङ्गीतिक क्ष्ँेत्रमा पाइरेसीमा समस्या भए गृह मन्त्रालय त्यसलाई समाधान गर्न तत्पर रहेको धारणा व्यक्त गरे । ‘सङ्गीतमा भएको सर्जकहरूको लगानी सुरक्षित हुनु पर्छ, मन्त्री थापाको भनाइ थियो–‘पाइरेसी गरेर सर्जकको सम्पत्ति चोर्ने जस्ता प्रवृत्ति देखा परे गृह मन्त्रालयलाई त्यसलाई समाधान गर्न सधैँ तयार हुनेछ ।’

विमोचित एलबमको समीक्षा गर्दै सङ्गीतकार शान्तिराम राईले महक–२ मा समावेश अधिकांश गीतहरू कर्णप्रिय रहेको बताए । ‘स्थापित सङ्गीतकार तथा सिद्धहस्त गीतकारका शब्दमा गायक प्रहलाद तिमिल्सिनाको स्वर सुहाएको छ, सङ्गीतकार राईको भनाइ थियो ।

चलचित्रको पाश्र्व गायनमा सक्रिय रहेकै कारण आफूले दोस्रो एकल एलबम तयार पार्न समय लागेको गायक तिमिल्सिनाको भनाइ थियो । पहिलो एलबमका अधिकांश गीतहरू लोकप्रिय भएपछि नेपाली चलचित्रको पाश्र्व गायनमा व्यस्त भएका गायक तिमिल्सिनाले यो अवधिमा एक सय वटा भन्दा बढी चलचित्रका गीतहरूमा आफ्नो स्वर प्रदान गरिसकेका छन् । नेपाल अधिकांश सङ्गीतकारहरूको संगतिमा गीत गाइसकेका यी गायकले लोकप्रिय गायिकाहरूसँग समेत पाश्र्व गायन गरिसकेका छन् । गायक तिमिल्सिनाले गाएका चलचित्रका गीतहरू मध्ये गाला रातै गाला रातै, फिगर कोकाकोला, बट स्लोली स्लोली, कहिले माया स्याड फेस, पिरो पिरो, झ्याप्पै आदि लोकप्रिय मानिन्छन् ।

समारोहमा गायक तिमिल्सिनाले एलबमका दुई गीत प्रस्तक्ष्ँ सुनाएका थिए भने तीन वटा गीतका म्युजिक भिडियोहरू प्रिमियर गरिएको थियो । ती मध्ये थोत्रो रेडियो…शीर्षकको गीत यूट््युबमा समेत उपलब्ध भैसकेको छ । 

यस्तो छ थोत्रो रेडियोको म्युजिक भिडियो

प्रतिक्रिया