अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५१ | Colorodo: 09:06

निर्माण व्यवसायी गौचन र तिवारीलाई गोली हान्ने मुख्य ‘सुटर’ सहित तीनजना पक्राउ

बिआरटीनेपाल २०७५ कार्तिक १२ गते ९:३५ मा प्रकाशित

निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनलाई गोली हान्ने मुख्य ‘सुटर’सहित तीनजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । महानगरीय अपराध महाशाखा टेकुले सोमबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा नेपाली सेनाका ‘भगौडा’ उदयपुर घर भइ काठमाडौं, बाफलमा बस्दै आएका मुख्य सुटर अम्बरबहादुर राना, झापा घर भइ कपन बस्दै आएका ‘लोप्साङ’ भनिने सोम तामाङ र काठमाडौं नागार्जुनका रोशन बुढाथोकी रहेका छन् ।

उनीहरुलाई भारतको सिक्किमबाट पक्राउ गरी काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ । तामाङ रुपन्देहीमा युवा संघका नेता दुर्गा तिवारीलाई गोली हान्ने मुख्य सुटर रहेकोसमेत रहेको प्रहरीले जनाएको छ । बुढाथोकी भने हत्याका ‘योजनाकार’ रहेको प्रहरीको भनाइ छ । महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले गौचन हत्याका मुख्य सुटर रानाले नै ‘गुन्डानाइके’ दावा लामालाई गोली हानेको पनि जानकारी दिनुभयो । अभियुक्तहरु यसअघि पक्राउ परेका गौचन हत्याका मुख्य योजनाकार समीरमान सिंह बस्नेत समूहका सदस्य भएको प्रहरीले जनाएको छ ।

गत वर्ष पुसमा काठमाडौंको शान्तिनगरमा गौचनलाई गोली हानी हत्या गरिएको थियो भने तिवारीलाई २०७३ सालमा रुपन्देहीको खैरेनीमा गोली हानी हत्या गरिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू