अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५२ | Colorodo: 20:07

पूर्णिमाको ‘फुल भनौँ जिन्दगीलाई’ सार्वजनिक

बिआरटीनेपाल २०७५ कार्तिक ११ गते २२:५७ मा प्रकाशित

काठमाडौँ: गायिका पूर्णिमा लामाको स्वर रहेको ‘फुल भनौँ जिन्दगीलाई’ बोलको गीतको अफिसियल भिडियो सार्वजनिक भएको छ। शनिवार युट्युबमार्फत उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो।

केही महिना अगाडि यस गीतको अडियो सार्वजनिक गरिएको थियो। उक्त अडियो गीतलाई युट्युबमा २९ लाख ८२ बढी भ्युज मिलेको छ।
अडियो गीतलाई यत्ति धेरै माया दिएको भन्दै यस गीतबाट आफू निकै आशावादी रहेको गायिका लामाले बताइन्। उनले भनिन्, ‘गीतको अडियो दर्शकले रुचाइदिनु भएको छ। भिडियो पनि राम्रो बनेकोले सफल हुनेमा आशावादी छु।’

भुपेन्द्र बुढाथोकीको शब्द समावेश उक्त गीतमा गोविन्द मधुर आचार्यको सङ्गीत सुन्न सकिन्छ। गीतको एरेन्जर पनि सङ्गीतकार आचार्य नै हुन्। गीतकार भुपेन्द्र पनि यस भिडियोबाट निकै आशावादी छन्। गीतको अडियो दर्शक-श्रोताले रुचाएका कारण भिडियो पनि रुचाउने उनको तर्क छ। 

शान थापाको निर्देशनमा तयार भएको भिडियोमा गीतकार भुपेन्द्र बुढाथोकी र एलिशा राईको अभिनय रहेको छ। राजीव समरको नृत्य निर्देशन रहेको भिडियोमा अर्जुन तिवारीको छायाङ्कन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ।

https://www.youtube.com/watch?v=Ie-k-JV0IM4&feature=youtu.be

प्रतिक्रिया