अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०१ | Colorodo: 20:16

सरकारी जग्गा बेचबिखन गराउने मालपोत अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

बिआरटीनेपाल २०७५ कार्तिक ११ गते ९:२५ मा प्रकाशित

सरकारी जग्गालाई किर्ते कागजात खडा गरी विक्री वितरण गर्ने तथा गराउने ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार सरकारी जग्गाको किर्ते कागजात बनाई विक्री वितरण गर्ने तत्कालीन मालपोत अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

मालपोत कार्यालय, परासीका तत्कालीन कर्मचारीहरको सहयोगमा बिचौलियासहितले मिलेमतो गरी ३ करोडको सरकारी जग्गा विक्री वितरण गराएको भन्दै उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले बताएको छ । मालपोत कार्यालय परासीका तत्कालीन मालपोत अधिकृत मनोहरप्रसाद पन्थी, खरिदार जीवलाल भूषाल र कम्प्युटर अपरेटर एजाज खाँ सहित ७ जनाबिरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू