अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३६ | Colorodo: 19:51

मन्त्रिपरिषद् निर्णय

बिआरटीनेपाल २०७५ कार्तिक ११ गते ९:१३ मा प्रकाशित

सरकारले गोरखपत्र संस्थानका महाप्रबन्धक बसन्त प्रकाश उपाध्यायलाई पदबाट हटाउने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उपाध्यायलाई पदमुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

बैठकले मलेसियासँग श्रम सम्झौता गर्ने निर्णय गर्दै त्यसका लागि श्रम तथा रोजगारमन्त्री गोकर्ण बिष्टलाई अख्तियारी पनि प्रदान गरेको छ । यस्तै बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमण स्वीकृत पनि गरेको छ । राष्ट्रपति भण्डारी सोमबारदेखि कतार भ्रमणमा जाँदैछिन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू